× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ९६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.७ प्रतिशत

    ३ वर्ष पहिले

    फागुन-७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९७ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको छ ।

    २४ घण्टामा २ हजार ९ सय ३१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख ३४ हजार २ सय ६१ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८३ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ सय ३८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ५३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ सय १४ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ७१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६० जना र भेन्टिलेटरमा ११ जनाको उपचार भईरहेको छ ।