× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पार्टीकै नेताहरुले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै सभापति देउवा आक्रोश

    ३ वर्ष पहिले

    काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले नेताहरुले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    प्रतिनिधिसभा विघटनका विषयमा आफूलाई पुनःस्थापनाविरोधीका रुपमा प्रचार गर्न खोजेको सभापति देउवाको गुनासो छ ।

    ‘मलाई पार्टीकै नेताहरुले प्रतिनिधिसभा पुनःस्थापनाको विरोधी, ओलीसँग मिलेको जस्ता आरोप लगाउने काम भएका छन्’, पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सभापति देउवाले भने, ‘मैले प्रतिनिधिसभा पुनःस्थापना हुनुहुँदैन भनेर कहाँ भनेको छु ? मैले सर्वोच्च अदालतको फैसला कुरौं भनेको हो ।’

    वरिष्ठ नेता रामच्नद्र पौडेलले बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेपछि देउवा आक्रोशित बनेका हुन् । नेता पौडेलले सभापति देउवा निर्वाचनका पक्षमा रहेको आशयसहित धारणा राखेपछि देउवा रुष्ट बने ?

    पौडेल बोलिरहेकै बेला उनलाई रोक्दै देउवाले भने, ‘ओलीले देउवालाई प्रधानमन्त्री पद दिने रे भनेर प्रचार गर्ने ? ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ? उनले आफू सर्वोच्च अदालतको फैसला स्वीकार गरेर जानुपर्छ भन्ने पक्षमा रहेको धाराणा व्यक्त गरे ।’

    निर्वाचन हुनै सक्दैन भनेर नेताहरुले सार्वजनिक रुपमा व्यक्त गरिरहेको अभिव्यक्तिप्रति उनले असन्तुष्टि जनाए । अन्नपूर्णपोस्ट दैनिकबाट