× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १०५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.४७ प्रतिशत

    ३ वर्ष पहिले

    माघ-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ५ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ ।

    २४ घण्टामा २ हजार ७ सय ९९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख ८८ हजार ३ सय ७२ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा २ सय ७२ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.४७ रहेको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट थप २ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार १ सय ८ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ९२ जना रहेको छ ।