× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना गाउपालिकाका लोकप्रिय युवा नेता तथा वडा नम्बर चारका अध्यक्षको निधन

    ३ वर्ष पहिले

    माघ-२१, चितवनको इच्छाकामना गाउँपालिकाका लोकप्रिय युवा नेता तथा वडानम्बर ४ का वडा अध्यक्ष होमबहादुर रानाको निधन भएको छ।

    कलेजोमा गम्भिर समस्या देखिएपछी भारतको गुरुग्राम हरियाणा स्थित मेदान्त हस्पिटलमा उपचाररत रानाको आज बिहान निधन भएको हो।

    अत्यन्त सरल एवं स्वच्छ छविका राना जनतामाझ अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो। राजनीतिको अलवा विभिन्न म्युजिक भिडियोमा अभिनय गरेर कलाक्षेत्रमा पनि वहाँले छुट्टै पहिचान बनाउन सफल भएको थियो।

    लामो समय बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध रही क्रियाशिल रहनुभएका उहाँले २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई इच्छाकामना गाउँपालिका वडा नं ४ को वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

    वडा अध्यक्ष रानाको निधन भएपछि इच्छाकामना गाउँपालिका को आज बसेको आकस्मिक बैठकले शोक व्यक्त गर्दै भोलि एकदिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

    गाउँपालिकाले सूचना निकालेर भोली गाउँपालिका कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरु बन्द हुने जानकारी दिएको छ ।