× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १७१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.३६ प्रतिशत

    ३ वर्ष पहिले

    माघ-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७१ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको छ ।

    २४ घण्टामा २ हजार ९ सय ४५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख ७८ हजार ९८ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा २ सय ५९ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.३६ रहेको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट थप १ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ९५ जना रहेको छ ।