× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १०५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.२९ प्रतिशत

    ३ वर्ष पहिले

    माघ १८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ ।

    २४ घण्टामा ३ हजार ३ सय ८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख ७१ हजार ७ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ९४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ७ सय ३२ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ सय ६२रहेको छ ।

    पछिल्लो २४ घण्टामा २ सय ८८ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.२९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप २ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ ।

    हाल क्वारेन्टिनमा १ सय २ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ४३ जना र भेन्टिलेटरमा २५ जनाको उपचार भईरहेको छ ।