× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १५७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.१३ प्रतिशत

    ३ वर्ष पहिले

    माघ-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ५७ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ ।

    २४ घण्टामा ३ हजार २ सय २१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख ६४ हजार ८१ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ३ सय ३३ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.१३ रहेको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट थप ५को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २२ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा १ सय ११ जना रहेको छ ।