× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

    ३ वर्ष पहिले

    माघ-१५, काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक नेपालगंज उपमहानगरपालिका-१८ बस्ने २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त बाँके नेपालगंज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्ने १८ वर्षीय बिवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत प्रविण गत माघ २ गते नेपालगंज उपमहानगरपालिका-१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न परियारलाई भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीमा लुकिछिपी रहेको अवस्थामा फेला पारी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाउने तयारी भइरहेको उक्त ब्यूरोले जनाइएको छ ।