× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेकपाको दुवै समूहलाई निर्वाचन आयोगले बोलायो

    ३ वर्ष पहिले

    माघ-१५,निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षसँग निर्वाचनको तयारीका विषयमा जानकारी गराउन बोलाइएको छ । आयोगले बिहीबार केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुटाछुट्टै पत्र पठाएर निर्वाचनको विषयमा छलफलका लागि बोलाइएको हो ।

    शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाइएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए । आयोगको पत्रमा अध्यक्षसहित अध्यक्षले तोकेका पाँच/पाँचजना व्यक्ति उपस्थित हुन भनिएको छ ।

    यसअघि, आयोगले दुवै समूहले गरेको पदाधिकारी हेरफेरको निर्णय अभिलेख गर्न नेकपाको विधानसम्मत नदेखिएको भन्दै अस्वीकार गरिसकेको छ ।