× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ६५९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९६.८ प्रतिशत

    ३ वर्ष पहिले

    पौष १३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ५९ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ ।

    २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १९ लाख १५ हजार २ सय ३२ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ७ सय १८ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९६.८० रहेको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट थप ७ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ३२ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय २७ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ३ सय ६९ जना रहेको छ ।