× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २९०९ जना कोरोना भाइरस संक्रमित थपिए,थप १८ जनाको मृत्यु

    ४ वर्ष पहिले

    कार्तिक २१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।
    २४ घण्टामा १० हजार १ सय ५३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १५ लाख १७ हजार ३ सय ४३ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ रहेको छ ।
    पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८०.९ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १८ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।
    हाल क्वारेन्टिनमा १ हजार २ सय ५४ जना रहेको छ ।