× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • प्रदेश ५

    दशैकाे टिकाकै दिन २ जनाले सडक दुर्घटनाबाट ज्यान गुमायाे ।

    ४ वर्ष पहिले

    कपिलवस्तु : दशैकाे टीकाकै दिन सोमबार कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका छन्।

    सोमबार साँझ ८ बजे बुद्धभूमि २ गोरुसिंगेमा लु१च ३८५२ नम्बरको कार रुखमा ठोक्किँदा स्थानीय खुस्बु पाखियाको घटनास्थलमै मृत्यु भएको हो । कारमा सवार उनका पति इजहार गम्भीर घाइते भई बुटवल हस्पिटलमा उपचारार्थ लगिएको छ।

    वाणगंगा नगरपालिकाको दरखास्तमा सोमबारै लु.४३प. ७०८६ नम्बरको मोटरसाइकल र लु.४४प. २०३३ को स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालक कृष्ण थापाको पनि घटनास्थल मै मृत्यु भएको छ।

    घटनामा वाणगंगा–८ बोडगाउका मृतक थापाका ५ वर्षको छोरा रिदम र मोटरसाइकल चालक शिवराज–१० बस्ने शिवदत्त मिश्र घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक प्रकाश कार्कीले जानकारी दिए।