× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनामा थप २ जनामा काेराेना संक्रमणकाे पुष्टि

    ४ वर्ष पहिले

    असोज २९, पछिल्लाे २४ घण्टामा इच्छाकामना गा.पा.मा थप २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । भरतपुर अस्पताल काेभिड १९ प्रयाेगशालामा असाेज २८ गते बुधबार परिक्षण गरिएकाे २८१ नमुना मध्य ५९ नमुनाकाे रिपाेर्ट पाेजिटिभ आएकाे बाकी २२२ नमुनाकाे नतिजा नेगेटिभ आएकाे अस्पताल श्राेतले जानकारी गराएकाे छ । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका ३० जना, राप्तीका ७ ,खैरहनीका ५, माडीका २,रत्ननगरका ५, कालिकाका ३ र इच्छाकामनाका २ जना रहेका छन् ।

    इच्छाकामना वडा नम्बर ४ मा संक्रमण पुष्टि भएका दुबै जना पुरुष रहेका छन। उनिहरु दुबै जना बर्ष ३९ का रहेको अस्पताल श्राेतले जनाएको छ ।