

५ वर्ष पहिले
नेपालमा पहिलो पटक कोरोनाबाट एक चिकित्सकको मृत्यु भएको छ।
कर्णाली प्रादेशिक अस्पतालका वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ डा. हरिप्रसाद सापकोटाको कोरोनाबाट मृत्यु भएको हो।
नेपालगन्जस्थित भेरी अस्पतालमा पछिल्लो दुई सातादेखि उपचाररत सापकोटा मधुमेह र उच्च रक्तचापका बिरामी समेत रहेका बताएको छ ।
डा. सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिए।
५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।
यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।