× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    युवा खेलाडी फातीको दुई गोलमा बार्सिलोनाको विजयी सुरुवात

    ४ वर्ष पहिले

    स्पेनिस युवा मिडफिल्डर अन्सु फातीको दुई गोलको सहयोगमा क्याटलान क्लब बार्सिलोनाले नयाँ सिजनको स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ ।
    बार्सिलोनाले घरेलु मैदानमा भिल्लारियलमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो । नोउ क्याम्पमा आइतबार राति भएको खेलमा बार्सिलोनाको सानदार जितमा युवा स्टार अन्सु फातीले दुई गोल गर्दा कप्तान लियोनेल मेस्सीले एक तथा एक गोल उपहार पाएको थियो । सबै चार गोल पहिलो हाफमा सम्भव भएको थियो ।
    खेलको १५औं मिनेटमा क्लेमेन्ट लेङ्लेटको लामो पासमा जोर्डी अल्वाले मिलाईदिएको पासमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १९ औं मिनेटमा फिलिपे कौटिन्होको पासमा मिनेटमा फातीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनायो ।
    ३५औं मिनेटमा बार्सिलोनाले पेनाल्टीको अवसर पायो । मारियो गास्परले फातीलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयमा पोउ टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिन सफल भयो । मेस्सीको क्रसलाई क्लियर गर्ने क्रममा टोरेसले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।


    दोस्रो हाफमा बार्सिलोनाले लगातार आक्रमण बुनेपनि थप गोल हुन सकेन । त्यसैगरि भिल्लारियलले केही मौकालाई खेरा फाल्दा अग्रता घटाउने अवसर खेर फाल्यो । जितसँगै बार्सिलोनाले ३ अंक जोडेको छ भने भिल्लारियलको ३ खेलबाट ४ अंक रहेको छ ।