× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा १५७३ जना कोरोना भाइरस संक्रमित थपिए,थप १० जनाको मृत्यु

    ४ वर्ष पहिले

    असोज -११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जना संक्रमित थपिएका हुन् ।

    २४ घण्टामा १० हजार १ सय २३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ९ लाख ८८ हजार २ सय ६५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।संक्रमितमध्ये ८ हजार ३ सय २१ संस्थागत आइसोलेसनमा छन् भने १० हजार १ सय ९८ जना होम आइसोलेसनमा रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा ८ सय ८५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १० को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ६ हजार २ सय ८१ जना रहेको छ । त्यसैगरी आईसीयूमा २२५ र भेन्टिलेटरमा ३३ जनाको उपचार भइरहेको छ।