× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    बलिउड ड्रग्स कनेक्सन :दीपिका र श्रद्धा पछि सारासंग एनसीबीमा सोधपुछ गरिँदै

    ४ वर्ष पहिले

    मुम्बई — भारतको लागु औषध नियन्त्रण ब्युरो (एनसीबी) ले बलिउड अभिनेत्रीहरु दीपिका पादुकोण, साराअलि खान र श्रद्धा कपुरसँग शनिबार सोधपुछ गरेको छ । शनिबार बिहानै एनसीबी कार्यालय पुगेकी दिपिकालाई करिब ३ घण्टा सोधपुछ गरेको थियो । त्यसपछि पुगेकी श्रद्धासंगपनि सोधपुछ गरेको थियो र अहिले सारासँग सोधपुछ जारी रहेको भारतीय संचार माध्यमले जनाएको छ ।

    यस अघि अर्की अभिनेत्री रकुलप्रित सिंह तथा दीपिकाकी म्यानेजर करिश्मा प्रकाशसँग शुक्रबार बयान लिइएको थियो । उनीहरुको एक ह्वाट्सएप ग्रुपमा ड्रग्सको प्रयोगबारे संवाद भएको भन्दै यसबारे सोधपुछ गर्न लागिएको बताइएको छ ।
    अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु पछि बलिउडमा ड्रग्स प्रकरण बाहिर आएको छ । जसमा बलिउडका चर्चित अभिनेत्रीहरू फसेका छन् भने चलचित्र निर्माताहरू पनि यस मुद्धामा मुछिन थालेका छन् ।(एजेन्सी)