× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    सीमाक्षेत्रमा दक्षिण कोरियाली कर्मचारीको हत्या,उत्तर कोरियाका राष्ट्रपति किम ले मागे माफी

    ४ वर्ष पहिले

    दक्षिण कोरियाका कर्मचारीको हत्या भएको विषयमा उत्तर कोरियाका नेता किम जोङ उनले माफी मागेका छन् । दक्षिण कोरियाको राष्ट्रपति मुन जे इनसँग नेता किमले माफी मागेको दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाएको बीबीसीमा उल्लेख छ ।


    बिना अनुमति समुद्रबाट उत्तर कोरियाको सीमा क्षेत्रमा प्रवेश गरेको र जाँचका लागि सुरक्षाकर्मीले सचेत गराउँदा पनि नटेरेकाले गोली हानेको उत्तरले पठाइएको पत्रमा लेखिएको जनाईएको छ ।
    दक्षिणबाट कोरोना भाइरस आफ्नो देशमा भित्रिन नदिन भन्दै उत्तर कोरियाले सिमामा कडाई गरिरहेको छ । सिमानामा घुस्नेलाई गोली हान्न आदेश उत्तरले दिएको छ ।

    दक्षिण कोरियाली अधिकारीका अनुसार पत्रमार्फत माफी माग्दै किमले राष्ट्रपति मुन र दक्षिण कोरियाली नागरिकलाई निराश बनाउनु परेकोमा आफूलाई ‘निकै दुःख’ लागेको लेखेका छन् ।

    उत्तर कोरियाले दक्षिण कोरियालाई यस घटना सम्बन्धमा गरिएका कैयौँ जाँचको निष्कर्ष पनि सुम्पिएको बीबीसीमा उल्लेख छ ।