× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    हिउ चितुवा उपनामले चिनिने आङरिता शेर्पाको सोमवार काठमाण्डूमा निधन

    ४ वर्ष पहिले

    सर्वोच्च शिखर सगरमाथाकाे बिना अक्सिजन दश पटक आरोहण गरेर विश्व चकित गर्दै उनले बनाएका कीर्तिमानका कारण पर्वतारोहण जगतले उनलाइ हिउँ चितुवाको उपनाम दिएको थिए ।

    करिव दुई दशक अघि कलेजो सम्बन्धी रोगबाट पीडित भएपछि उनले पर्वतारोहण त्याग्न बाधइ भएका थिए । उनलाइ साढे चार वर्ष अघि मस्तिष्क सम्बन्धी समस्या समेत देखा परेको थियो ।आङरिता शेर्पाको निधनले नेपालले पर्वतारोहण क्षेत्रमा ठुलाे क्षति व्यहाेरेकाे पर्वताराेहण संघ संस्थाहरूले व्यक्त गरेका छन ।

    ७२ वर्षिय शेर्पाको बिहानसम्म स्वास्थ्य अवस्था सामान्य नै रहेपनि एक्कासी टाउको दुखेको र त्यसकाे केहि समय पश्चात नै अकस्मात निधन भएको उनक परिवारीक श्राेतले बताए । उनीप्रति अन्तिम सम्मान व्यक्त गर्न आङरिता शेर्पाको शवलाई दुई दिन बौद्धस्थित टुसालमा रहेको शेर्पा सेवा केन्द्रको गुम्बामा राख्ने र त्यसपछि बुधवार दाहसंस्कार गरिने निकट श्राेतले जानकारी दिए ।

    पर्यटन विभाग अन्तर्गत पर्वतारोहण हेर्ने महाशाखाकी प्रमुख मिरा आचार्यले आङरिता शेर्पाको निधनपछि राज्यले कसरी र कस्तो किसिमको सम्मान गर्न मिल्छ, त्यस बारे बिचार भइरहेकाे जानकारी समेत गराए ।