× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    विश्वप्रसिध्द आरोही आङरिता शेर्पा ‘हिउँ चितुवा’ को निधन

    ४ वर्ष पहिले

    काठमडौं । प्रसिध्द हिमाल आरोही आङरिता शेर्पाको आज बिहान निधन भएको छ । ७२ वर्षिय शेर्पाको जोरपाटीस्थित निवासमा निधन भएको थाहा भएको छ ।

    ‘हिउँ चितुवाु’को टाइटल पाएका शेर्पाले दश पटक विश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गरिसकेका छन् ।

    दशपटक बिनाअक्सिजन सर्बोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउन सफल शेर्पाको गिनिज बूक अफ वल्र्ड रेकर्डमा नाम दरिएको छ ।

    शेर्पाको यो कीर्तिमानबाट प्रशन्न भएका राजा बीरेन्द्रले उनलाई बसोबास गर्न सजिलो होस् भनेर जोरपाटीमा एउटा घडेरी उपहार दिएको थाहा भएको छ ।

    विश्वप्रशिध्द आरोही शेर्पाको निधनले नेपालको  पर्यटन र आरोहण क्षेत्रले एक अमूल्य प्रतिभा गुमाएको महसुश गरिएको छ ।

    शेर्पाले सन् १९८३ मा पहिलो पटक बिनाअक्सिजन सगरमाथ आरोहण गरेका थिए ।