× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सांसद मोदीलाई कोरोना पुष्टि

    ४ वर्ष पहिले

    मोरङ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य सांसद अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश प्रयोगशालमा गरिएको पिसिआर परीक्षणमा उहाँमा कोरोना पुष्टि भएको हो।

    हिजो नै कोसी अस्पतालमा सांसद मोदीको स्वाब संकलन गरिएको थियो। सामान्य ज्वारो आएपछि स्वाब दिएकोमा कोरोना संक्रमण देखिएको सांसद मोदीले बताए।उनी अहिले आफ्नै घरमा रहेकाले कोसी कोभिड अस्पताल जाने तयारी गरिरहेको जानकारी दिएका छन्। सांसद मोदी केही दिनयता मोरङमै छन्।