× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    २४ घण्टामा १५ सय ३९ संक्रमित, १ हजार ६८ डिस्चार्ज, ८ जनाको मृत्यु

    ४ वर्ष पहिले

    पछिल्लो २४ घण्टामा १५ सय ३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५ सय ३९ संक्रमित थपिएका हुन् ।

    हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।२४ घण्टामा १ हजार ६८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७ सय ६ रहेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप नयाँ ७ सय ३७ कोरोना संक्रमित देखिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ , जसमा ४ जना महिला र ४ जना पुरुष रहेको छन् ।मृतक महिलामा बाराकी ४६ वर्षीया, काभ्रेपलान्चोककी ५५ वर्षीया, काठमाडौंकी ७१ वर्षीया र ७४ वर्षीया रहेका छन् ।कोरोना संक्रमणले सुनसरीका ७० वर्षीय, सप्तरीका ३५ वर्षीय, काभ्रेपलाञ्चोकका ४१ वर्षीय र कास्कीका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । योसहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या३७९ पुगेको छ ।

    त्यसैगरी २४ घन्टामा जम्मा १० हजार ४९४ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ७२ हजार २७४ परीक्षणहरु गरिएका छन् ।

    हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८२० जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १६ हजार २४२ जना रहेको छ ।