× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनका यातायात व्यवसायी द्वारा बिहीबारदेखि सार्वजनिक सवारीसाधन चलाउने जानकारी

    ४ वर्ष पहिले

    चितवनका यातायात मजदुर र व्यवसायीहरुले जिल्ला प्रशासन कार्यलयलाइ आगामी बिहीबारदेखि सार्वजनिक सवारीसाधन चलाउने जानकारी गराएका छन्।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघं, नेपाल यातायात मजदुर संघ, अनेरास्ववियु मजदुर संघ र नेपाल स्वतन्त्र मजदुर संघ चितवनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आगामी असोज १ बाट लामो र छोटो दूरीका सार्वजनिक सवारी गुडाउन माग गरेका हुन् ।
    कोरोनासँग डराएरभन्दा पनि सुरक्षित तवरले मापदण्ड पालना गरेर गाडी चलाउने वातावरण बनाइदिन आग्रह गरेको महासंघले जनाएको छ।

    महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ( ‘ असोज १ गतेबाट लामो, मध्यम,छोटो र स्थानीय रुटका सम्पूर्ण सवारी साधन चितवन भित्र र बाहिरि जिल्लामा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन हुन अनुरोध गर्दछौ अन्यथा श्रमिक र व्यवसायीहरु स्वतस्फूर्त रुपमा सवारी चलाउन बाध्य हुनेछौ ।’

    लकडाउनका कारण करिब ६ महिनादेखि सार्वजनिक सवारीसाधन बन्द हुँदा लाखौ परिवार संकटमा परेको र अब निषेधाज्ञा थेग्न नसक्ने अवस्थामा पुगेको महासंघले जनाएको छ ।

    खबरहव बाट