× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    भारतको राजधानी दिल्लीमा ८६ बर्षीय वृद्धा बलात्कृत

    ४ वर्ष पहिले

    भारतको राजधानी दिल्लीमा पुलिसले ३० वर्षीय एक पुरुषलाई ८६ वर्षीय एक वृद्धा महिलालाई बलात्कार तथा कुटपिट गरेको आरोपमा पक्राउ गरेको छ।
    दिल्ली महिला आयोगका प्रमुख स्वाति मालीवालले बीबीसीलाई बताइए अनुसार गत सोमबार साँझ वृद्धा महिला दुध लिनको लागि घरको बाहिर पर्खिरहेकीे अवश्थामा उनको नियमित दुध वितरण गर्ने मान्छे नआउपछि सो पुरुषलाई उनिले दुध पाउन सक्ने ठाउँमा लैजान अनुरोध गरेका थिए । पुरुषको पछि लागेर गएकी वृद्धालाई उनले नजिकैको फार्ममा लगेरे बलात्कार गरे।
    उनी रोइन् कराईन र आफुलाई छोडिदिन बिन्ती गरिरहेकी थिइन। उनले आफु हजुरआमा जस्तै भएको बताइन्। तर उनले बृद्घाको बिन्तीलाई बेवास्ता गरे ।
    प्रतिरोध गर्ने र आफूलाई बचाउने कोसिस गर्दा निर्दयतापूर्वक कुटपिट गरे । त्यही बाटो हिडिरहेको स्थानीय गाउँलेहरूले उनको आवाज सुने र उनलाई बचाए। तिनै गाउँलेहरूले अपराधीलाई पक्रेर प्रहरीको जिम्मा लगाए।
    मंगलबार पीडितलाई उनको घरमा भेट्न गएकी मालीवालले भनिन् “उनी कस्तो अवश्थाबाट गुज्रिइन भन्ने थाहा पाए तपाई स्तब्ध हुनुहुन्छ”।
    मालीवालले अपराधीलाई मानव नभएको भन्दै दिल्ली उच्च अदालतको मुख्य न्यायाधीश र शहरका उपराज्यपाललाई मुद्दा फाष्ट ट्रयाकबाट फैसला गरि ६ महिनामा फाँसी दिन माग गरिन ।
    स्रोत : बिबिसि