× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    नवलपुरमा सुत्केरीमा कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा

    ४ वर्ष पहिले

    TEST
    एक हप्ताकी सुत्केरी महिलामा कोरोना संक्रमण भएपछि उहाँलाई होम आइसोलेसनमा राखिएको छ ।
    नवलपरासी पूर्व नवलपुरमा पहिलो पटक संक्रमितलार्ई होम आइसोलेसनमा राखिएको हो । देवचुली नगरपालिका–१५ माइती भई कावासोती–२ होटेल गर्दै आउनुभएकी धादिङकी २१ वर्षीया महिलामा कोरोना संक्रमण देखिएपछि उहाँलाई होम आइसोलेसनमा राखिएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँ र उहाँको परिवारले कोराना संक्रमण भएको, रिपोर्ट आएको तीन दिनपछि आइतबार मात्रै थाहा पाएका हुन् । संक्रमित महिला कावासोती नगरपालिका–२ होटेल गर्दै आउनुभएको थियो । तर, बन्दाबन्दीका कारण गत वैशाखबाट देवचुली महानगरपालिका–१५ स्थित माइतीघरमा बसिरहनु भएको थियो ।

    एक हप्ताअघि पुरानो मेडिकल कलेज चितवनमा उहाँले बच्चा जन्माउनुभएको हो । सोही क्रममा उहाँको स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट १२ गते आएको थियो । रिपोर्टमा ठेगाना कावासोती–२ लेखेका कारण उहाँलाई कावासोती नगरपालिकाबाट खोजतलास गर्दा पत्ता लाग्न सकेको थिएन । खोजतलास गर्नेक्रममा नै आइतबार देवचुली नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले देवचुली–१५ स्थित माइतीघरमा रहेको जानकारी पाएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।