× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कृष्णभीरमा ठूलो ढुङ्गासहितको पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    ८ आश्विन २०८३, शुक्रबार

    ८ आश्विन २०८३, शुक्रबार

    असोज-९,पृथ्वीराज मार्गअन्तर्गत धादिङको कृष्णभीरमा ठूलो ढुङ्गासहितको पहिरो खसेको छ। लगातार परेको वर्षासँगै बिहीबार राति साढे १० बजेतिर सो क्षेत्रमा माथिबाट ठूलो ढुङ्गासहितको पहिरो खस्दा कृष्णभीर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

    भोटेकोसीको बाढीका कारण सडक भासिएपछि सडक डाइभर्सन निर्माण गरिएको छेउमा पहिरोसहितको ढुङ्गा खसेको छ।

    कृष्णभीरमा पानी जमिनभित्र नछिरोस् भनेर मंगलबार प्लास्टिक हालिएको भए पनि सो स्थानको छेउमा पहिरो खसेको हो।

    स्थानीय प्रशासनले यो सडकखण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको छ। रातिको समय र पहिरोको थप जोखिम भएका कारण अहिले पहिरो पन्छाउने काम सुरु भएको छैन।