

१२ श्रावण २०७८, बुधबार
साउन-१३,इच्छाकामना उद्योग वाणिज्य संघले गाउँपालिका भित्रका सम्पुर्ण ब्यवसायिहरुलाइ कोरोना विरुद्धको खोप तथा कर छुट्को समय अवधि बढाउन इच्छाकामना गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार इच्छाकामना उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण गुभाजुको नेतृत्वमा कोषाध्यक्ष मणिरत्न शाक्य र सदस्य बिनोद श्रेष्ठले इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठलाई कार्यालयमा गएर ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्र बुझाउने क्रममा इच्छाकामना उद्योग वाणिज्य सङ्घका अध्यक्ष कल्याण गुभाजुले इच्छाकामना गाउँपालिका भरिका सम्पुर्ण व्यवसायीहरुलाई खोप उपलब्ध गराइदिन अनुरोध गरेको थियो ।
त्यसैगरी इच्छाकामना गाउँपालिकाले निषेधाज्ञा कारण व्यवसायीहरुलाई दिएको कर छूटको समय सीमा अवधि असार २५ गते बाट बढाएर पुष मसान्तसम्म व्यवस्था गरिदिन अनुरोध गरेको छ।
सो अवसरमा गाउँपालिका उपाध्यक्ष किर्तिकुमार श्रेष्ठले इच्छाकामना गाउँपालिका भित्रका सम्पूर्ण व्यवसायीहरूको हक हितको लागि कार्य गरिरहेको र आगामी गाउँ परिषदको बैठकमा व्यवसायीहरुले उठाएका आवाजलाई एजेण्डाको रुपमा प्रस्तुत गरेेर माग पूरा गर्ने कोशिस गर्ने बताउनुभयो ।