

२ घण्टा पहिले
चैत्र-१२,आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, प्रति १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८५५ रुपैयाँ तोकिएको छ।अघिल्लो दिन सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ र प्रति १० ग्राम २ लाख ४७ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १३३ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम ४ हजार २१८ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि पर्दै आएको छ ।