× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    विपि राजमार्गमा दुई दिन रातिमा सवारी चलाउन रोक

    ४ महिना पहिले

    कार्तिक-१३,आज रातिदेखि भारी वर्ष हुने पूर्वानुमान सँगै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिपी राजमार्गमा सवारीसाधन संचालनमा कडाई गरेको छ।

    भोलि १४ गते बिहान ५ बजेसम्म र कार्तिक १४ गते साँझ ५ बजेदेखि कार्तिक १५ गते बिहान ५ बजेसम्म खुर्कोट बजारबाट काठमाडौंतर्फ जाने सवारी साधन आवागमनमा निषेध गरेको हो।

    त्यसैगरी, जिल्ला प्रशासन कार्यालय काभ्रेले पनि बिपी राजमार्गमा आज कार्तिक १३ गते बिहीबार साँझ ५ बजेदेखि भोलि कार्तिक १४ गते शुक्रबार बिहान ६ बजेसम्म एम्बुलेन्स र अत्यावश्यक सेवाबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन आवागमनमा निषेध गरेको जनाएको छ।

    गत वर्ष र यो वर्ष वर्षाका कारण बिपी राजमार्गका विभिन्न भेगमा क्षति पुगेको छ। जसकारण बेला बेलामा यो सडक अवरुद्ध हुने गरेको छ।