× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • blog

    एक्साभेटर अपरेटर पेशा छाडेर कपाल काट्न थालेका जस्मन गुरुङ

    ४ घण्टा पहिले

    मुग्लिन-अधिकांश कपाल काट्ने व्यवसाय हजामले नै गर्ने गर्छन् तर हिजोआज पहाडी जिल्लाहरूमा स्थानीय युवाहरुनै यो व्यवसायमा तल्लीन हुन थालेका छन् ।

    स्थानिय पालिकाले अध्यक्षसँग युवा कार्यक्रम अन्तर्गत युवाहरुलाई स्वरोजगार बनाउने हेतुले कपाल काट्ने तालीम दिए पछि इच्छाकामना गाउँपालिकाका स्थानिय युवाहरू कपाल काट्ने पेशा प्रति आकर्षित भएका छ्न् ‌।यसको उदाहरणका रुपमा इच्छाकामना गाउँपालिका वडा नं ५ साठिमुरेका जस्मन गुरुङलाई लिन सकिन्छ।

    उनले मुग्लिन बजारको ट्राफिक प्रहरीबिटबाट करिब १०० मिटर अगाडी सडक विभाग जाने बाटोमा ८ महिना देखि सैलुन खोलेर यो पेशामा आवद्ध छन्।

    वि.सं २०७५ देखि २०८० सालसम्म पाँच वर्षको अवधिमा देशको करिब ३५ जिल्लामा एक्साभेटर अपरेटर भई काम गरेका गुरुङले आफ्नो ठाउँमा नै केही गर्ने उद्देश्यले आफ्नो गाउँ साठिमुरे फर्केर आएपछि गाँउघरमा निशुल्क कपाल काट्न थालेका थिए।यसै बेला गाउँपालिकाले युवाहरूलाई स्वरोजगार बनाउन १८ दिने कपाल काट्ने तालिमको आयोजना गरेपछि सो तालिममा उनी सहभागी भए।

    तालिम सम्पन्न भएपछि उनले इच्छाकामनाका ४ वटा विधालयमा विधार्थीहरुको कपाल निःशुल्क काटे। यसरी विधालयमा गएर कपाल काट्न थाले पछि उनिमा आत्मविश्वास बढ्न थाल्यो, जसको फलस्वरूप उनले मुग्लिन बजारमा नेपाली हेयर कट सैलुन स्थापना गरेका हुन्।शुरुमा प्रचारको अभावमा ग्राहकको संख्या न्युन भएपनि हाल मासिक ३० हजार जति आम्दानी हुने उनी बताउँछन्।

    इच्छाकामना गाउँपालिकाले दिएको तालिम तथा केही सामाग्रीबाट शुरु गरेको सैलुनमा वडा नम्बर ५ का वडा कार्यलयले उनलाई प्रोत्साहन स्वरुप ऐेना उपलब्ध गराउने भनिएतापनि सो ऐेनाको भुक्तानी नपाएको उनले बताए।

    एक्साभेटर अपरेटरको रुपमा राम्रो आम्दानी हुने भएपनि आफ्नो गाउँ ठाउँमा स्वरोजगार बनि देशमा नै केही गर्न सकिन्छ, भनेर आफ्नो गाउँठाउँको युवा साथीहरुलाई देशमा नै बस्न प्रेरित गर्नको लागि पनि यो पेशा अंगालेको उनले बताए।

    विद्यार्थी तथा जेष्ठ नागरिकहरुलाई विशेष सहुलियत दरमा कपाल काट्दै आएका जस्मनले सैलुन आधुनिकीकरण गर्न तथा थप सेवा दिनका लागि उनले योजना बनाएका छन्।

    एक देखि डेढ वर्ष भित्र सैलुनलाई आधुनिकरण गर्न तथा सैलुन डेकोरेसन तथा थप सेवाका लागि उनले सहयोगको अपेक्षा पनि गरेका छन्।