× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तिलोत्तम नगरभित्र कुकुर पालनका लागि अनिवार्य रूपमा अनुमति लिनुपर्ने

    १ वर्ष पहिले

    चैत्र-९, रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र कुकुर पालनका लागि अब अनिवार्य रूपमा अनुमति पत्र लिनुपर्ने भएको छ।

    घर पालुवा कुकुर भएमा ३५ दिनभित्र अनिवार्य रूपमा अनुमतिपत्र लिन निर्देशन दिँदै नगरपालिकाले बुधबार एक सूचना जारी गरेको हो।

    समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १००औं शृङ्खला पुगेको अवसरमा नगरपालिकाले वातावरण स्वच्छ राख्नका लागि घरपालुवा जनावरलाई समेत नियमन गर्न लागेको हो।

    नगरपालिकाले चैत्र ८ गते एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनिवार्य रूपमा घरपालुवा कुकुरका लागि अनुमतिपत्र लिन निर्देशन जारी गरेको हो।