× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    १ वर्ष पहिले

    चैत्र -५, नेकपा एमालेले रासायनिक मलमा किसानलाई गरिएको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ । यसअघि सरकारले फागुन २६ गते रासायनिक मलमा किसानलाई दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । जसले गर्दा किसानलाई रासायनिक मल महँगिएको छ ।

    एमालेको कृषि तथा पशुपन्छी विकास विकास विभागले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सरकारको निर्णयानुसार युरियामा प्रतिकेजी ११, डीएपीमा ७ र पोटासमा ९ रुपैयाँ मूल्य वृद्धि भएको छ । यसको मार नेपाली किसानमा परेको छ ।

    ‘एकातिर भारतबाट ठूलो मात्रामा कृषि उपजको आयात हुने र अर्कोतिर रासायनिक मलको मूल्य वृद्धि गर्दा उत्पादन लागत झन् बढ्न जाने र यसले किसानलाई निरुत्साहित गर्ने एमालेको टिप्पणी छ ।

    ‘अनुदान कटौतीको निर्णयबाट सरकार स्वदेशी उत्पादनलाई निरुत्साहित गरी भारतीय कृषि उपजको व्यापार बढाउन उद्यत रहेको स्पष्ट हुन्छ’ विज्ञप्तिमा भनिएको छ । यसले कृषि उपजमाथिको परनिर्भरता बढाउनेतर्फ सरकार लागिपरेको भन्दै एमालेले तत्काल पुरानै मूल्यमा खरिद गर्ने व्यवस्था मिलाउन माग गरेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घट्दै गएको जनाउँदै एमालेले मलको अभाव खेपिरहेका किसानलाई थप समस्यामा नपार्न सरकारसँग माग गरेको छ ।