× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशको पहाडी तथा तराई भू-भागमा मेघ गर्जन ,चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ वर्ष पहिले

    चैत्र-४, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको पहाडी तथा तराई भू-भागमा मेघ गर्जन ,चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन ,चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन , चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।