× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    प्रदेश स्तरिय छनौट प्रतियोगितामा तेक्वान्दो तर्फ मुग्लिनका सुप्रिका गुरुङ प्रथम भएकी छिन् ।

    ३ वर्ष पहिले

    फाल्गुण १९, चितवन
    बागमति प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जारी जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगितमा तेक्वान्दो तर्फ मुग्लिनका सुप्रिका गुरुङ प्रथम भएकी छिन् ।

    गुरुङ्गले आज भएको ७३ के.जी. महिला समुह तर्फ कालिका नगरपालिकाका मोनिका तामाङलाई हराउन सफल भएकी हुन् । उन्ले इच्छाकामना तेक्वान्दो डोजाङको तर्फबाट सहभागीता जनाएकी थिइन् ।

    बागमति प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा इच्छाकामना गाउँपालिकाबाट ८ मध्ये ७ विधामा सहभागीताका लागि खेलाडी पठाएको थियो । जिल्लाबाट छनौट भएका खेलाडीले हेटौडामा हुने बागमति प्रदेश स्तरीय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन् ।

    प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही फाल्गुण २८ देखि चैत्र ५ गतेसम्म हुने बागमति प्रदेश खेलकुद विकास परिषद्का सदस्य उक्तम गुरुङ्गले जनाएका छन् । उत्घाटन खेल हेटौडामा र समापन चितवनको माडीमा हुने गुरुङले जनाएका छन् ।