× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २८० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३६६

    ३ वर्ष पहिले

    मंसिर-२२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ८० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १९ हजार ४४ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार १ सय ६८ जनाको पिसिआर परीक्षण गर्दा २ सय ५५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४६ लाख ८८ हजार ३ सय ४८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार ६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ४९ हजार १ सय ४७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ३९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार ९ सय १३ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय २६ जना रहेको छ।

    २४ घण्टामा ३ सय ६६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ५ हजार ५ सय ७१ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.६५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय २८ जना र भेन्टिलेटरमा २९ जनाको उपचार भईरहेको छ ।