× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २६५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३५७

    ३ वर्ष पहिले

    मंसिर-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १८ हजार ४ सय ४९ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार १ सय १४ जनाको पिसिआर परीक्षण गर्दा २ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४६ लाख ६९ हजार ७ सय ९४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ५ सय ३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ४३ हजार ७ सय ७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ८६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ६२ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय २४ जना रहेको छ।

    २४ घण्टामा ३ सय ५७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ४ हजार ९ सय १ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.६३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय १४ जना र भेन्टिलेटरमा ३२ जनाको उपचार भईरहेको छ ।