× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कक्षा १२ को नतिजा सार्वजनिक

    ३ वर्ष पहिले

    मंसिर-१७,राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

    शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार तीन लाख ७४ हजार १५ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ७ हजार ६३ जना विद्यार्थीले ए प्लस नतिजा प्राप्त गरेका छन् । त्यस्तै ए ग्रेड नतिजा ल्याउने विद्यार्थीको संख्या ४८ हजार २३९ रहेको बोर्डले जनाएको छ ।

    ७० हजार १ जनाले बी प्लस प्राप्त गरेका छन् । त्यस्तै ९९ हजार ५३७ जनाले बी ग्रेड प्राप्त गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए । त्यस्तै ७५ हजार ०८८ जना विद्यार्थीले सी प्लस नतिजा प्राप्त गरेको उनले बताए ।

    यसैगरी २४ हजार ५१५ जना विद्यार्थीले ग्रेड सी नतिजा प्राप्त गरेका छन् भने ३ हजार ८७५ जना विद्यार्थीले डी प्लस प्राप्त गरेका छन् । डी ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या २९६ छ । त्यस्तै १० हजार ७३ जनाले ग्रेड ई प्राप्त गरेका छन् । त्यस्तै ४६ जना विधार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

    बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेको थियो ।

    कोभिड–१९ का कारण परीक्षा दिन नपाएका ४१ जना विद्यार्थीहरुले गत बुधबारदेखि परीक्षा दिएका छन् ।

    उनीहरुको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।नतिजा सिस्टममा अपलोड गर्ने काम चलिरहेकाले विद्यार्थीहरुले डेढ घण्टापछि मात्र नतिजा हेर्न सक्ने बोर्डले जनाएको छ ।

    परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np मा र नेपाल टेलिकमको वेबसाइटमा पनि हेर्न सकिने व्यवस्था गरिएको छ।

    त्यसैगरी एसएमएस र टेलिफोनमार्फत् पनि नतिजा थाहा पाउन सकिने छ