× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवन काठमाडौंमा हुने

    ३ वर्ष पहिले

    मंसु-१६, नेकपा माओवादी केन्द्रले पार्टीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवन काठमाडौंमा गर्ने भएको छ ।

    आज बिहिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पुस ११ देखि १३ गतेसम्म हुने सम्मेलन प्रज्ञा भवनमा गर्ने निर्णय गरेको हो ।

    त्यस्तै मंसिर २५ गते सबै प्रदेशको प्रदेश सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने पनि प्रवक्ता महराले बताउनुभयो ।

    प्रवक्ता महराले हालसम्म पार्टीको सदस्यता ७ लाख ६ हजार ५०० पुगेको र पार्टी सदस्यता ८ लाख पुग्ने अनुमान गरिएको जानकारी दिए ।

    स्थायी कमिटी बैठक शुक्रवार बिहान ११ बजे पुनः बस्ने भएको छ ।