× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन कांग्रेसको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्र हुने

    ३ वर्ष पहिले

    मंसिर-१६, कांग्रेसले १४ औँ महाधिवेशन अन्तर्गत चितवन लगायतका १६ जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्र हुने भएको छ।

    केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरू हुने भएकाले त्यसअघि अधिवेशन गर्न बाँकी रहेका चितवन सहितको १६ जिल्लाको अधिवेशन स्थगित गरेको हो ।

    केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले दिएको जानकारी अनुसार हाललाई जिल्ला अधिवेशन गर्न बाँकी जिल्लाको अधिवेशन स्थगित गरिएको, र केन्द्रीय महाधिवेशनपछि मात्रै ती जिल्लाको अधिवेशन हुने जनाएको छ ।

    उनका अनुसार पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, चितवन, कैलाली र बाँके लगायतका १६ जिल्लामा अधिवेशन हुन सकेको छैन । ६१ जिल्लामा भने जिल्ला अधिवेशन भइसकेको छ । ‘अहिले जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरेका छौँ,’ उनले भने, ‘अब केन्द्रीय महाधिवेशनपछि निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याउँछ, केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुनेछ ।’