× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा साउन ३२ गते सम्मको लागि केही कडाई गरि निषेधाज्ञा थपियो

    ३ वर्ष पहिले

    साउन-२४, कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चितवन जिल्लामा जारी निषेधाज्ञा केही कडाई गरि साउन ३२ गते राति १२ बजे सम्मको लागि थपिएको छ ।

    चितवन जिल्लामा अझै पनि कोरोना संक्रमणको जोखिम उच्च रहेको ले केहि कडाई गरि निषेधाज्ञाको अवधि लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

    कार्यालयले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक काम नपरी घर बाहिर नस्किन र अनिवार्य रुपमा मास्क र भौतिक दुरी कायम गर्न आग्रह गरेको छ ।

    आज राति १२:०० बजेपछि लागु हुने निषेधाज्ञामा ठेला तथा फुटपाथ पसल, सपिङ महल, स्ट्रिट फुट पसल, सैलुन, व्यूटीपार्लर सञ्चालनमा रोक लगाइएको छ । खाद्यान्न, तरकारी, फलफूल, डेरी, पोल्टीजन्य पसल, एग्रोभेट, रासायनिक मल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्ममात्र सञ्चालन गर्न पाइनेछ । दूध डेरी बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

    यस्तै, इलेक्ट्रिक, भाँडा पसल, कपडा पसल, कपडा पसल, कस्मेटिक पसल, स्टेशनरी, टेलरिङ, सुनचाँदी पसल, मोटरपार्टस्, अटोमोबाइल, निर्माण सामग्रीलगायतका व्यापारिक पसलहरु आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि ६ बजेसम्ममात्र सञ्चालन गर्न पाइनेछ ।

    यस्तै, खाजाघर, रेष्टुरेन्ट तथा मिठाइपसलहरु दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । हरेक दिन बैंक तथा अन्य वित्तीय संस्था, सहकारी, रेमिट सेवा सञ्चालन गर्न पाइनेछ । सहकारीहरुले घरदैलोमा गएर रकम संकलन गर्न पाइनेछैन । यसैगरी निजी तथा सार्वजनिक सवारी साधनहरु जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर सञ्चालन गर्न पाइनेछ ।

    जिल्लामा संक्रमण दर थप/घट भएमा निषेधाज्ञालाई थप खुकुलो वा कडाई गर्न सकिने जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको आदेशमा जनाएको छ ।