× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २५४८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २०२९

    ३ वर्ष पहिले

    साउन-२४,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ८३ हजार ३ सय ५५ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ३३ जनाको पिसिआर परीक्षण गर्दा २ हजार १ सय ३७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३६ लाख ८३ हजार ७ सय ३४ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ४५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ सय ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख ५७ हजार ५ सय ९५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ८५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३१ हजार ९ सइ ६३ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ५ सय २२ रहेको छ।

    २४ घण्टामा २ हजार २९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ६९ हजार २ सय ९९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.४४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ५५ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ९३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ४ सय ७५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८ सय २ जना र भेन्टिलेटरमा १ सय ८१ जनाको उपचार भईरहेको छ ।