× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कक्षा १२ को परीक्षा स्थगित,परीक्षा हुन पन्ध्र दिन अघि सूचना जारी गर्ने

    ३ वर्ष पहिले

    साउन-२३, कोरोना महामारीका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित भएको हो ।

    कोभिडका कारण कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज बसेको बोर्ड बैठकले परीक्षा रोक्ने निर्णय गरेको हो ।

    पछिल्लो समय कोरोनाको संक्रमण फेरि बढ्न थालेकाले भौतिक रुपमा परीक्षा लिन सम्भव नदेखिएपछि परीक्षा रोकिएको बोर्डले जनाएको छ । अहिलेका लागि परीक्षा रोकिएको भन्दै बोर्डले अब परीक्षा हुन पन्ध्र दिन अघि सूचना जारी गर्ने गरी निर्णय भएको बताएको छ ।