× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    खारेज भएको तेस्रो दिनमै भूमि आयोग गठन गर्न सरकारलाई अनुरोध गर्ने माओवादीको निर्णय

    ३ वर्ष पहिले

    साउन-२२, नेकपा माओवादी केन्द्रको बैठकले अविलम्ब भूमि आयोग गठन गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गरेको तीन दिन नबित्दै सत्ता घटक माओवादी केन्द्रले आयोग गठनका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो।

    शुक्रवार बसेको पार्टी स्थायी कमिटी बैठकले संविधान तथा कानूनका आधारमा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो ।

    बैठकले ५ दलीय गठबन्धनले बनाएको कार्यदलले तयार पारेको सरकारका साझा न्युनतम कार्यक्रम सार्वजनिक गर्न अनुरोध गरेको छ । साझा कार्यक्रम तयारीका लागि बैठकले कार्यदललाई धन्यवाद दिएको छ ।

    लुम्बिनी प्रदेशकी सांसद विमला वलीलाई अपहरण गरी मुख्यमन्त्रीको निवासमा बन्दी बनाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको माओवादीले जनाएको छ ।

    यस्तै, बैठकले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिन पनि सरकारलाई आग्रह गरेको छ। प्रवक्ता श्रेष्ठले मन्त्रालयबारे टुंगो लाग्ने क्रममा रहेको र एक दुई दिनमै मन्त्रिपरिषदले पूर्णता पाउने बताए।