× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन प्रशासनद्वारा निषेधाज्ञाको पालना नगरे कानुनी कारबाही गरिने चेतावनी

    ३ वर्ष पहिले

    साउन-२१, चितवनमा कोरोना संक्रमणको उच्च जोखिम बढिरहेकोले सर्वसाधारणले निषेधाज्ञाको पालना गर्नुपर्ने र नगरे कडा कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चितवनले जनाएको छ।

    पछिल्लो समय चितवनमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण देखिएको छ । तर संक्रमणको दर बढ्दो भन्ने जानकार भएर पनि समाजकै जिम्मेवार व्यक्तिहरुबाटै सभा, सम्मेलन, धर्ना, जुलुस जस्ता भिडभाड जन्य गतिविधि बढ्दै गएको प्रशासनले बताएको छ ।

    जसले गर्दा मास्कको उचित प्रयोग नगर्ने, भौतिक दुरी कायम नगर्नाल जोखिम निरन्तर बढ्दै गएको प्रशासनले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । प्रशासनले जनस्वास्थ्यका मापदण्ड विपरित भिडभाडजन्य जस्ता गतिविधि नगर्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।