× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३३८३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १९९४

    ३ वर्ष पहिले

    साउन-१९,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८३ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ६५ हजार ८ सय १५ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ६ सय ३८ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ४ सय ४८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३६ लाख ३३ हजार १ सय १८ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार ८० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख ३१ हजार ८ सय ७९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २९ हजार २२ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ३७ रहेको छ।

    २४ घण्टामा १ हजार ९ सय ९४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ६० हजार १ सय १६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.१९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २४ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ७१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ८६ जना र भेन्टिलेटरमा १ सय ६२ जनाको उपचार भईरहेको छ ।