× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    क्रान्तिकारी माओवादी द्वारा चितवनमा ५० बिघा जग्गा कब्जा

    ३ वर्ष पहिले

    साउन-१६, मोहन वैद्य निकट नेकपा (क्रान्तिकारी माओवादी) ले चितवनको माडीमा आज ५० बिघा जग्गा कब्जा गरेको छ ।

    माडी नगरपालिका–२ को पौबारीमा माडी नगरपालिकाका मेयर ठाकुर ढकालको पनि मिलेमतोमा कलाकार किरण केसी ‘राता मकै’ लगायतको ट्वान्टी वान समूहले गैरकानुनीरुपमा जमिन खण्डीकरण गरेको भन्दै माओवादीले सो जग्गा कब्जा गरेको हो ।

    कलाकार केसीको संस्थाको नाममा रहेको माडी–२ ढिकुन, माडी–३ पौवारी र धावाहा लगायतको जग्गा कब्जा गरि उक्त जग्गा सुकुम्बासीहरुलाई वितरण गरिने नेपाल क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य घननाथ सापकोटाले बताए ।