× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौं उपत्यकामा साउन २० गतेसम्मको लागि निषेधाज्ञा थपियो

    ३ वर्ष पहिले

    साउन-१०,काठमाडौं उपत्यकामा साउन २० गते सम्मको लागि निषेधाज्ञा थप गरिएको छ।आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

    आज थप गरेको निषेधाज्ञामा पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा २ मिटरको दूरी काम गर्नु पर्ने , त्यसैगरी रेष्टुरेन्ट तथा फास्टफुड तथा अन्य अडरहरु टेकअवे वा होम डेलिभरी प्रायोजनको लागि साँझ ७:०० बजे सम्मलाई सञ्चालन गर्ने दिने जनाएको छ।

    यदि तोकेबमोजिमको स्वास्थ्य मापदण्ड परिपालनाको नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गरिने सुचनामा जनाएको छ।

    उपत्यकामा संक्रमण दर बढेमा निषेधाज्ञालाई पुनरावलोकन गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको आदेशमा जनाएको छ ।