× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिनमा आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा आयोजित करदाता शिक्षा कार्यक्रम सम्पन्न

    ३ वर्ष पहिले

    साउन-८,आन्तरिक राजस्व कार्यालय भरतपुरको आयोजना तथा इच्छाकामना उद्योग वाणिज्य संघको मुग्लिनको समन्वयमा करदाता शिक्षा तथा आन्तरिक ऐन २०७८ ले गरेको कर छुट तथा अन्तरक्रिया कार्यक्रम इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मुग्लिनमा सम्पन्न भएको छ।

    आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत घनश्याम पन्थीको प्रमुख आतिथ्यमा तथा इच्छाकामना उद्योग वाणिज्य संघका कल्याण गुभाजुकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई इच्छाकामना उद्योग वाणिज्य संघका उपाध्यक्ष कुमार श्रेष्ठले संचालन गर्नु भएको थियो ।

    सो कार्यक्रममा अतिथिका रुपमा इच्छाकामना गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मोदराज सिलवाल, वडा नम्बर ३ का वडाध्यक्ष गोवर्धन अधिकारी, कार्यपालिका सदस्य निर्मला श्रेष्ठ,इच्छाकामना होटल व्यवसाय संघका अध्यक्ष मिनबहादुर श्रेष्ठ, इच्छाकामना उद्योग सङ्घका सदस्य हर्क कुमारी गौचन, इच्छाकामना राजस्व परामर्श समितिका सदस्य मणिरत्न शाक्य तथा रिता नेपाल उपस्थित रहनुभएको थियो।

    कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत संजयकुमार सरदारले करको सम्बन्धमा जानकारी दिनुभएको थियो।प्रमुख आतिथि घनश्याम पन्थीले करदाताहरुलाई घरमै बसेर सहज रुपमा आफैंले अनलाइनको माध्यमबाट कर तिर्ने वातावारण बनाएको बताउनुभएको थियो।

    कार्यक्रममा अध्यक्षता गर्नुभएका इच्छाकामना उद्योग वाणिज्य सङ्घका अध्यक्ष कल्याण गुभाजुले मुग्लिनमा आएर करदातालाई करसम्बन्धी शिक्षा दिएकोमा अन्तरिक राजस्व कार्यालय भरतपुर, कार्यक्रममा उपस्थित अतिथि एवं सम्पूर्ण व्यवसायीहरु तथा कार्यक्रमको लागि निःशुल्क हल उपलब्ध गराएकोमा थकाली सेवा समिति मुग्लिनलाई धन्यवाद दिनुभएको थियो।

    कार्यक्रममा इच्छाकामना गाउँपालिका बाट ८६ जना ब्यबसायीहरु उपस्थित भएका थिए।