× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा कोलकाताले पन्जाबलाई २ रनले हरायो\बेंगलोर र चेन्नईको खेल जारी

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शेख जियाद स्टेडियम यूएईमा शनिबार सम्पन्न भएको पहिलो खेलमा कोलकाताले पन्जाबलाई २ रनले पराजित गर्न सफल भयो ।
    टस जितेर पहिले ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । कोलकताका लागि मुभम गिल र दिनेश कार्तिकले अर्धशतकीय पारी खेले ।
    ४७ बल खेलेका गिलले ५ चौकाको सहयोगमा ५७ रन बनाए । त्यस्तै २९ बल खेलेका कार्तिकले ८ चौका र २ छक्काको सहयोगमा ५८ रन बनाउन सफल भए ।
    बलिङतर्फ पन्जाबका लागि मोहमद स्विामी, आर्शदिप सिंह र रवि विश्नोइले समान एक–एक विकेट लिए ।
    कोलकाताले जितका लागि दिएको १६५ रनको लक्ष्य पञ्‍जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनायो ।
    पञ्‍जाबका लागि केएल राहुलले अर्धशतकीय पारी खेले । ५८ बल खेलेका उनले ६ चौकाको सहयोगमा ७४ रन बनाए । त्यस्तै मयंक अग्रवालले पनि अर्धशतक बनाए । ३९ बल खेलेका उनले ६ चौका र १ छक्काको सहयोगमा ५६ रन बनाए ।
    बलिङतर्फ कोलकाताका लागि प्रशिद कृष्णले सर्वाधिक तीन विकेट लिए । त्यस्तै सुनिल नारायणले दुई विकेट लिए ।
    आजको खेलमा जित निकाल्दै कोलकत्ताले ७ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा छ भने पन्जाबले ७ खेलबाट मात्र २ अंक जोडेर अंक तालिकाको पुच्छारमा छ ।

    त्यस्तै आजै रोयल च्यालेन्जर्स बेंगलोर बिरुद्ध चेन्नई सुपर किंग्सको खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी छ ।बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
    यो समाचार तयार पार्दा सम्म बेंगलोरले १६ ओभरमा ४ विकेटको क्षतिमा १०३ रन बनाएको छ ।देवदत्त पाडिक्कल ३३, आरोन फिन्च २, एवी डि भिलियर्स शुन्य र वासिन्टन सुन्दर १० रनमा आउट भएका छन् भने बिराट कोहली ४४ र शिवम दुबे ६ रन बनाएर क्रिजमा छन् ।
    चेन्नईको लागि शार्दुल ठाकुर २ ,साम करन र दीपक चहर समान १ \१ विकेट लिएका छन् ।