× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अविरल वर्षापछिको पहिरोका कारण विभिन्न राजमार्ग अवरूद्ध

    २३ घण्टा पहिले

    साउन-१४,अविरल वर्षापछिको पहिरोका कारण विभिन्न राजमार्ग अवरूद्ध छन्।

    नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ७ बजेसम्म ५ वटा मुख्य राजमार्ग ७ ठाउँमा अवरूद्ध छ।

    ललितपुरको बागमती गाउँपालिका-३ पाङ्दुरमा पहिरोका कारण कान्ति लोकपथ पूर्ण अवरूद्ध छ।

    यही लोकपथको हेटौंडा-ठिंगन-बागमती-ललितपुर खण्ड असार २९ गतेदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द रहँदै आएको छ।

    सम्भावित पहिरोका कारण उक्त खण्डमा रातको समयमा गाडी चलाउन रोक लगाइएको हो।

    भोजपुर नगरपालिका-१ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग अवरूद्ध छ। यो सडक अहिले एकतर्फी सञ्चालनमा रहेको र वैकल्पिक बाटो समेत सञ्चालनमा छ।

    मेची राजमार्ग इलाममा पूर्ण अवरूद्ध छ। अविरल वर्षाका कारण इलाम नगरपालिका-९ राजदुवालीमा झापा-ताप्लेजुङ सडक वैशाख २३ गतेदेखि पूर्ण अवरूद्ध छ। त्यहाँ वैकल्पिक बाटो सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

    काभ्रेमा विपी राजमार्ग अन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेसी चल्ने सम्पूर्ण सवारी साधनहरू जेठ २२ गतेदेखि रातिको समयमा बन्द रहँदै आएको छ।

    उक्त खण्डमा सम्भावित बाढीका कारण बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।